रुकुम पश्चिम घटनाः फरार ५ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रुकुम, ३१ असार । जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा अदालतले फरार रहेका पाँच जनालाई पुर्पक्षको लागि थुनुवामा राख्ने आदेश दिएको छ । जिल्ला अदालत रुकुम पश्चिममा मङ्गलबार भएको अभियुक्तको बयान र वादी प्रतिवादीका वकिलहरुको थुनछेक बहसपछि चार जना अभियुक्तलाई थुनामा राख्ने आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेष्तेदार लक्ष्मण विकले जानकारी दिए ।

ुमङ्गलबार अदालतमा हाजिर भएका चार अभियुक्त चौरजहारी नगरपालिका ८ का तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्तीलाई बयान र थुनछेक बहसपछि पुर्पक्षको लागि कारागार चलान गरिएको अदालतले जनाएको छ ।

पाँच जना फरारको सूचीमा रहेकामध्ये भीमबहादुर घर्ती असार २८ गते अदालतमा हाजिर भएका थिए ।

३१ असार २०७७, बुधबार २२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..