मेयरका छोरा ५ लाख घुससहित रंगेहात पक्राउ

सिराहा, ३१ असार । सिराहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरा घुससहित पक्राउ परेका छन् । नगर प्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल ५ लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले सन्त र अर्का एक जना जीतेन्द्र महतोलाई लहान नगरपालिका वडा नं. २२ बाट पक्राउ गरेको हो । मेयर मण्डलले डिपिआरको भुक्तानी गर्न सेवाग्राहीसँग ५ लाख घुस मागेकोमा सो रकम लिन छोरा र अर्का एक जना सहयोगी पठाएका थिए । उनीहरु दुवै जनालाई रंगेहात नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

३१ असार २०७७, बुधबार १८:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..