कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो दूरीमा चल्ने सवारीका साधन कसरी चलाउन सकिन्छ भन्नेबारे यातायात व्यववस्था विभागका निरन्छर छलफल भने भईरहेको छ । यसै बीचमा बुधबार पनि यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायी र यातायात मजदूरसहित छलफल भएको छ ।

आजको छलफलमा यातायात व्यवसायीहरुले लामो दूरीका सवारी साधन चलाउन सकिने प्रस्ताव गरेका छन् । विभागमा भएको छलफलमा यातायात व्यवसायीहरुले लामो दूरीमा चल्ने सवारी साधन पनि चलाउन सकिने प्रस्ताव गरेका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले आफूहरुका मागप्रति सरकार सकारात्मक बने लामो दूरीमा चल्ने यातायात चलाउन सकिने प्रस्ताव गरिएको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम ढकालले सरकारले लकडाउनपछि सवारीका साधन चलाउन जारी गरेको प्रोटोकलका विषयमा आज छलफल भएको जानकारी दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले छलफलपछि सवारी सञ्चालन गर्न ‘एक्सन प्लान’ बनाईएको बताए । उनका अनुसार ‘एक्सन प्लान’ मा लामो दूरीका सवारी साधन चलाउन विभिन्न निकायको जिम्मेवारी तोकिने छ ।

३१ असार २०७७, बुधबार १८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..