कोरोनाका कारण थप एक जनाको मृत्यु

काठमाडौँ, ३१ असार । कोरोना भाइरसका एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३६ बर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी असार २४ गते भारतको बेङ्गलोरबाट फर्केको र स्थानीय क्वारेन्टिनमा बसेका थिए । असार २९ गते उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

संक्रमित युवाको स्वास्थ्यमा थप समस्या आएपछि बुधबार बिहान भेन्टिलेटरमा राखि उपचार गरीएको र दिउँसो साढे २ बजे उनको निधन भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ३९ पुगेको छ ।

३१ असार २०७७, बुधबार १७:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..