अन्तर बैंक एटिएम सेवामा अब शुल्क लाग्न सक्ने

काठमाडौँ, ३१ असार । नयाँ आर्थिक वर्ष २०७७/०७८ सुरु हुने मिति साउन १ देखि विद्युतीय कारोबारमा शुल्क लाग्ने भएको छ । लकडाउनको कारण चैत्रदेखि विद्युतीय कारोबारहरु निशुल्क रहेकोमा अब ति शुल्क लिने वा नलिनेबारे बैंक तथा वित्तीय संस्था आफैले नै निर्णय गर्न सक्ने छन् ।

नेपाल बैंकर्स संघ, नेपाल डेभलपमेन्ट बैंकर एसोसिएसन र नेपाल वित्तीय संघले संयुक्त सूचना जारि गर्दै शुल्कबारे सम्बन्धित संस्था आफैले निर्णय गर्ने जनाएका हुन् ।

अब यसअघि निशुल्क रहेका अन्तर बैंक एटिएम कार्ड सेवा, क्लियारिंग हाउसले प्रदान गर्ने सेवाहरुमा बैंकहरुले चाहेमा शुल्क लाग्न सक्ने छ ।

३१ असार २०७७, बुधबार १५:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..