अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । परराष्ट्रले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको दाबी गरेको छ ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन’ परराष्ट्रद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा भगवान राम भारतीय नभएको र असली अयोध्या नेपालमै पर्ने दाबी गर्दै भारतले नक्कली अयोध्या बनाएर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए ।

परराष्ट्रले हरेक वर्षको विवाह पञ्चमीमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने प्रचलन रहेको र सन् २०१८ मा दुुबै देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्दै यी तथ्यहरुले दुई देशबीचको सांस्कृतिक समानतालाई संकेत गरेको प्रष्टिकरण दिएको छ ।

३० असार २०७७, मंगलवार १९:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..