सोती घटनाबारे संसदीय छानविन समितिको निश्कर्षः ‘वडाध्यक्षको नेतृत्वमा सामूहिक हत्या’

काठमाडौँ, ३० असार । अन्तरजातीय बिहेको विषयमा विवाद हुँदा कुटपिटमा परी ६ जनाको सामूहिक ज्यान गएको रुकुमको चौरजहाजरी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । वडाध्यक्षले आक्रमणको नेतृत्व गरेको र घटनाको अनुसन्धानमा प्रहरीको भूमीका फितलो देखिएको समितिको निष्कर्ष छ ।

गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई ल्याउन जाँदा युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

उक्त घटनाको छानविन गर्न जेठ २६ गते प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार सभामुख अग्नि सापकोटालाई बुझाउन लागेको छानबिन प्रतिवेदनमा घटना जातीय भेदभावमा आधारित नै रहेको र भवितव्य नभई नियोजित भएको निश्कर्ष निकालिएको छ ।

समितिले दोषीहरुलाई हदैसम्म कारवाही गर्नसमेत सुझाव दिएको छ ।

चौरजहाजरी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा–बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर आजीवन कैद सजायको मागसहित अदालतमा मुद्दा दर्ता भएको छ ।

३० असार २०७७, मंगलवार १०:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..