भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने अभिव्यक्ति दिएपछि भारतमा ब्यापक आलोचना भएको छ । भारतीय सत्ताको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड नगर्न पनि भनेका छन् ।

‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन्’ शास्त्रीले भनेका छन्, ‘चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’

भानुजयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेर नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए ।

३० असार २०७७, मंगलवार ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..