नाकाबन्दी मिलेरै सहेको हो, नक्सा मिलेरै जारी गरेको होः प्रचण्ड

चितवन, २९ असार । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरुलाई उक्साउने प्रवृत्ति रहेकोले सावधान हुनुपर्ने बताएका छन् ।

‘एउटाले गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भनेर उक्साउने। अर्को आएर प्रचण्डलाई केपीलाई छोड्न हुन्न भनेर उक्साउने प्रवृत्तिहरूप्रति सावधान रहन र तपाईंहरूले खबरदारी गर्नुपर्ने त्यहाँनेर हो,’ प्रचण्डले भने, ‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ ।’

प्रचण्डसहित शीर्ष नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद बढिरहेका बेला प्रचण्डले नेता कार्यकर्तासँग पनि पार्टी एक बनाउने ठूलो जिम्मेवारी रहेको बताए ।

‘यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो। हामी सबै मिलेरै नक्सा बनाएको हो’ प्रचण्डले भने, ‘स्थायी कमिटी बैठकमा मैले बोल्दा होस् या सबैले सरकारलाई, कमरेड केपी ओलीलाई धन्यवाद दिइएको छ । नक्सालाई तपाईं प्रधानमन्त्रीको हैसियतले वैधानिकता दिन र औपचारिकता दिनुभयो । के राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा हो ?’

प्रधानमन्त्री ओलीका पक्षमा सडकमा प्रदर्शन गर्दै राष्ट्रवाद जिन्दावादको नारा चर्किएकोप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘पार्टीभित्र जिन्दावाद र मुर्दावाद भन्ने कुरा हो ? त्यसकारण म फेरि दोहोर्‍याउन चाहान्छु यो पार्टीलाई विभाजित हुन दिइने छैन । पार्टी एकतावद्ध हुन्छ । तपाईं अहिले यताउता दौडिँदा पछि पछुताउनु पर्ला ।’

२९ असार २०७७, सोमबार ११:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..