नेपालभर मनसुनी वायु सक्रिय, मेघगर्जन र चट्याङ्सहित वर्षा

काठमाडौँ, २९ असार । जल तथा मौसम विज्ञान विभागले नेपालभर मनसुनी वायु सक्रिय रहेको र मनसूनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहेको जनाएको छ । विभागले आज बिहान देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५ लर कर्णाली प्रदेशका केही भेगहरुमा मेघगर्जन र चट्याङ्सहित वर्षा भईरहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राती पनि प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षा हुने भएपछि बाढी पुर्वानुमन विभागले कन्काई, कोशी, कमला, बागमती, नारायणी नदी र प्रदेश १, २, बागमती, गण्डकी प्रदेश भई बहने नदीमा उच्च बहाब हुने तथा प्रदेश २ मा भारतीय सीमा आसपास स्थान डुबानमा पर्ने जनाएको छ ।

२९ असार २०७७, सोमबार ०९:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..