डा. सूर्यराज र मुमारामले साझा पार्टी छोडे

काठमाडौँ, २८ असार । डा. सूर्यराज आचार्य र मुमाराम खनालले साझा पार्टी छोडेका छन् । पार्टीको संठन संरचना र निर्माण प्रक्रियामा नै असहमति राख्दै प्रवक्तासमेत रहेका डा. आचार्य र केन्द्रीय सदस्य खनाल बिदा भएका हुन् ।

‘पार्टी कसरी बनाउने भन्नेमा नै फरक मत आयो’ साझा पार्टीका एक नेताले भने, ‘उहाँहरुको प्रस्ताव पार्टीको संरचना भत्काएर संयोजक मात्र राखौं भन्ने थियो, तर अर्को प्रस्ताव एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भन्ने थियो,सचिवालय र केन्द्रीय कमिटी बैठकले दोस्रो प्रस्ताव पास गरेको छ ।’

आइतबार बसेको साझा पार्टीको बैठकले अहिलेसम्म गरेको योगदानका लागि डा. आचार्य र खनाललाई धन्यवाद दिने निर्णय गरेको छ ।

२८ असार २०७७, आईतवार २०:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..