बाढी पहिरोका कारण नेपालमा भएको क्षतिप्रति भारत र पाकिस्तानद्वारा दुःख व्यक्त

काठमाडौँ, २७ असार । अविरल वर्षापछिको बाढी तथा पहिरोले नेपालमा पुर्याएको क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर नेपाली जनताको साथमै रहेको बताएका छन् ।

कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं । हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’

नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । ‘सिन्धुपाल्चोकलगायत नेपालका बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

नेपालका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर ३० जनाभन्दा बढीको मृत्यु भएको भने २५ जना घाइते भएको छन् ।

२७ असार २०७७, शनिबार ०९:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

चौतारा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित..

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..