जाजरकोटको बारेकोटमा भिषण पहिरो:५ घर बगायो,७ को मृत्यु, अझै केहि बेपत्ता

२६ असार कोहलपुर। गए राती परेको अविरल बर्षाका कारण बारेकोट गाउँपालिकाको वडानं. ४ सार्की टोलमा पहिरो जाँदा ७ जनाको मृत्यु भएकोमा गोपाल सार्की, अर्जुन सार्की, डिल्ली सार्की र वीरेन्द्र सार्कीको सनाखत भएको छ भने अझै केहि बेपत्ता छन्।अविरल बर्षासंगै आएको भिषण पहिरोले सार्की टोलका गोपाल सार्की र कलु सार्कीको पुरै घर बगाएको छ भने, अन्य तीन वटा आधा घर बगाएको थियो। पहिरोमा परि ७ जनाले ज्यान गुमाएका छ्न भने अझै केहि वेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ।

पहिरोमा बेपत्ता हुनेहरुमा ५० बर्षिय श्रीमती पुष्षा सार्की, १३ बर्षिय छोरी लक्ष्मी सार्की, रहेका छन् । त्यस्तैगरी कलु सार्की, उनकी १४ बर्षिय छोरी तिर्खा सार्की, ११ बर्षिय छोरी कमला सार्की, ६ बर्षिय छोरा सुभाष सार्की पहिरोमा परि वेपत्ता भएका छन् भने कुशे गाउँपालिका–९ चौराँटाबाट सार्कीटोलमा पाहुनाका रुपमा गएका २० बर्षिय डिल्ली सार्की र १८ बर्षिय विरेन्द्र सार्कीको मृत्यु भएको छ भने १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्की सो पहिरोमा परेर बेपत्ता भएको बारेकोट गाउँपालिकाले जानकारी दिएको छ । भिषण बाढी पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी कार्य गर्नुको साथै प्रभावित व्यक्तिहरुको उद्धार तथा पुर्नस्थापनाको लागि नेपाली सेनाको टोली सहित ईलाका प्रहरी कार्यालय दल्लीको नेपाल प्रहरी टोलीले बेपत्ताहरुको खोजीकार्य, प्रभावितहरुको उद्धार, राहत तथा पुर्नस्थापना गर्न गाउँपालिकाका कर्मचारीहरुको टोलीको साथमा अध्यक्ष महेन्द्रबहादुर शाह र उपाध्यक्ष ओमा शाही लागि परिरहनु भएको गाउँपालिकाले जानकारी दिएको छ ।

भिरालो र बाढी पहिरोको उच्च जोखिममा रहेको सार्की टोलमा अझै पनि पहिरो गई रहेको स्थानीयहरुको भनाई रहेको छ । बाढी पहिरोको उच्च जोखिममा रहेका घर परिवारलाई जिरीमा रहेको भगवति आधारभुत विद्यालयको भवनमा लिएर राखिएको गाउँपालिकाको सचिबालयले जानकारी दिएको छ ।

बारेकोट गाउँपालिकाको वडा नं. ४ का सबै बस्तीहरु पहिरोको जोखिममा रहेका छन । भिषण बर्षाका कारण वडा नं. ४ को मैना, गोठगाउँ, जीरी लगायतका बस्तीहरुमा पहिरोको जोखिम बढेको छ । पहिरोको जोखिम भएसँगै सर्वसाधारणले घर छाडेर अन्यत्र सुरक्षित स्थानमा गएका छन । वडा नं. ४ बाट कोही कालिका प्राथमिक विधालय सिन्चौर गएका छन भने कोही विरेन्द्र ऐश्वर्य मावि लिम्सामा गएका छन भने कोही ज्यान जोगाउन जंगललिर लागेको स्थानिय विनोद सिंहले जानकारी दिए । बारेकोटका घाईतेको उद्दारका लागि काठमाडौंबाट हेलिकप्टर पठाउने तयारी भइरहेको र घटना स्थलमा बाक्लो कुहीरो लागेकाले समस्या भएको जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताए । बारेकोटमा अहिले फोन र इन्टरनेट लगायत कुनैपनि संचार सेवा छैन ।

२६ असार २०७७, शुक्रबार २०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..