जाजरकोट पहिरोः ७ जनाको शव भेटियो, ५ जना वेपत्ता

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिका–४ मा अविरल वर्षासँगैको पहिरोमा परी वेपत्ता भएका ७ जनाको शव फेला परेको छ । हराएका उनीहरुको उद्धारका क्रममा शुक्रबारसम्म ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

भेटिएका ७ जनाको शवमध्ये ४ जनाको सनाखत भएको छ । गोपाल सार्की, अर्जुन सार्की, डिल्ली सार्की र वीरेन्द्र सार्कीको सनाखत भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । उनीहरु चारै जना एकै परिवारका हुन् । पहिरोमा परी १२ जना बेपत्ता भएका थिए । बाँकीको खोजी कार्य जारी छ ।

अविरल वर्षासँगैको पहिरोमा २ घर पुरिएका छन् ।

२६ असार २०७७, शुक्रबार १७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..