भारतको जी न्युजका प्रधान सम्पादकले हटाए नेपालसम्बन्धि ट्वीट

काठमाडौँ, २६ असार । भारतीय जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाल सम्बन्धी गरेको ट्वीट हटाएका छन् । जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको थियो ।

भ्रमपूर्ण सो समाचारको चर्को विरोध भएपछि बिहीबार नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका थिए । समाचार च्यानलहरू नै बन्द गरेपछि प्रधान सम्पादक चौधरीले नेपालीहरू भारतीय समाचारवाचकहरूसँग नै डराएको सेनाको जरूरी नै नपरेको भन्दै ट्वीट गरेका थिए ।

शुक्रबारको आफ्नो ट्वीटले नेपालीहरू आहत भएको र भारतीयहरूले नै त्यो विचार ठीक नभएको बताएपछि ट्वीट डिलिट गरेको चौधरीले बताएका छन् ।

ुमेरो यो ट्वीटले नेपालमा रहेका हाम्रा दर्शक आहत भएका छन् । यहाँ भारतमै पनि धेरैजसो मान्छेहरूले यो विचार ठिक नभएको भनेर लेखेका छन्। हुन सक्छ की मैले समाचारहरू आएपछि आवेशमा आएर प्रतिकृया दिएँ होला। यो मञ्च अभिव्यक्तिको लागि हो, आहत हुन होइन । त्यसैले खेद जनाउँदै मैले यो ट्वीट हटाएको छु,’ उनले ट्वीटरमा लेखेका छन् ।

२६ असार २०७७, शुक्रबार १७:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..