५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट खर्च सक्ने मनोविज्ञान देखिएको छ । ‘असार २४ गतेदेखि सुरु गरिएको कार्यक्रम शुक्रबारसम्म चल्ने छ । चेक भुक्तानी असार २५ सम्म मात्रै हुने व्यवस्था छ । अब लेखापालले चेक भुक्तानी कसरी गर्छ ?’ सो क्षेत्रका अगुवाहरुको प्रश्न छ ।

बाराको महागढीमाई न.पा.ले रौतहटको युवा समाज विकास नेपाल नामक संस्थासँग सम्झौता गरी नगर उपप्रमुख तारादेबी कानुले एउटा कार्यक्रम चलाएको पाईएको छ । उपमेयरले आफ्नो नजिकको जिल्लाभन्दा बाहिरको सो संस्थासँग मिलेर आर्थिक वर्ष समाप्त हुने बेलामा जिल्लाका संस्थालाई वाइपास गरी ५ लाखको कार्यक्रम गरिन् । नगर प्रमुख उपेन्द्र यादव तथा उप प्रमुख कानुले बजेट पचाउने दाउमा लागेर यो कार्यक्रम आयोजना गरेको स्थानीय संघ संस्थाहरुको आरोप छ ।

महागढीमाई न.पा. को वडा नम्बर २ मा राखिएको त्यो कार्यक्रम ३ दिनसम्म चल्यो । ५ लाख पचाउने नियतले आर्थिक वर्षको अन्तिममा कार्यक्रम राखिएको स्थानीय युवा मुकेश कुशहवा बताउँछन् ।

आर्थिक वर्षको अन्त्यमा आएर बजेट सक्नकै लागि अनावश्यक क्षेत्रमा खर्च हुँदा पनि प्रश्न उठाउन किन नसकेको भन्दै उनले प्रतिपक्षीलाई समेत प्रश्न गरेका छन् । कुशहवाले युवा समाज विकास नेपाल नामक संस्थासँग कमिसन खाएर नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको दाबी पनि गरेका छन् । नगरपालिकाले असार २४, २५ र २६ गते ३ दिनको लागि नेतृत्व विकास तालिमको आयोजना गरेको छ । यसका लागि ५ लाख बजेट छुट्याएको छ ।

२६ असार २०७७, शुक्रबार १४:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..