युवा संघ जाजरकोटमा निलम्बित संयोजकद्वारा पत्रकारमाथि भौतिक हमलाको प्रयास

जाजरकोट, २५ असार । समाचार लेखेका कारण युवा संघ जाजरकोटका तत्कालिन संयोजकले पत्रकार माथी हातपातको प्रयास गरेका छन । युवा संघ जाजरकोटका निलम्वित सयोजक दिपेन्द्र शाहीले समाचार लेकेखै कारण पत्रकारलाइृ भौतिक आक्रमणको प्रयास गरेका हुन् ।

‘युवा संघ जाजरकोटका संयोजक शाही प्रहरी नियन्त्रण’ भन्ने शिर्षकको समाचारमा आपत्ति जनाउँदै उनले भेरीमालिका दैनिकका कार्यकारी सम्पादक रेशम बहादुर खड्कालाई हातपातको प्रयास गरेका हुन् । पत्रकार खड्काले शाहीले आफूलाई अपशब्दसहित गालीगलौज र हातपातको प्रयास गरेको गुनासो गरेका छन् ।

जिल्लाको गैरीखालिदेखि ठाँटि बजार जाने क्रममा शाहीले शान्तिचौतारमा रोकी खड्कामाथि अभद्र ब्यवहार गरेका हुन । ‘समाचार लेख्न आउदैन ? तिम्रो यो कदमले राम्रो परिणाम आउँदैन ? भन्दै ममाथि गाली गरेर भौतिक रुपमा हातपात नै गरे’ पत्रकार खड्काले भने ।

खड्का ठाँटिबाट पत्रिकाको कार्यालयमा फकिर्दै गर्दा शाहीले बाटो कुरेर मोटरसाइकलको चाबीसमेत थुतेका थिए । शाहीसँगै रहेका उनका भाई शुसिल शाहीले खड्काको तस्बीर खिच्ने तै होस् भन्दै खड्कालाई अभद्र ब्यवहार गरेका थिए ।

शाहीले बिहिवार भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीको निवासमा पुगेर मोटरसाइकल तोडफोडको प्रयास गरेको नगर प्रमुखका भाई भरत घर्तीले बताएका छन् ।

विभिन्न आरोप लागेपछि शाहीलाई युवा संघले संयोजकबाट निलम्बन गरेपनि शाहीले भने आफू २० दिनपछी युवा संघ जाजरकोटको संयोजकमा पुनः दोहरीने दाबी गर्दै धम्की दिएका छन् । शाही नगरप्रमुख घर्तीमाथि हातपात गरेपछि युवा संघको जिल्ला संयोजकबाट निलम्बनमा परेका थिए ।

२५ असार २०७७, बिहीबार २३:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

चौतारा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित..

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..