नवनियुक्त आईजीपी क्षेत्रीको चेतावनी, ‘बर्दीमा दाग लगाए निर्मम कारवाही गरिन्छ’

काठमाडौँ, २५ असार । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बर्दीमा दाग लगाउने प्रहरीलाई निर्मम कारवाही गरिने चेतावनी दिएका छन् । देश र जनताको सेवाका लागि आफू प्रतिबद्ध रहेको भन्दै उनले दरज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा संगठनप्रति प्रतिवद्ध रहन निर्देशन समेत दिए ।

‘प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने संगठन हो’ उनले भने, ‘म यो वातावरण सिर्जना गर्न दत्तचित्त भएर लाग्नेछु ।’ आफ्नो नम्र स्वभावलाई कमजोरी नठान्न आग्रह गर्दै आईजीपी थापाले भने, ‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्मम रुपमा कारवाही गरिन्छ ।’

यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण अवकाश भएपछि सरकारले शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

२५ असार २०७७, बिहीबार १३:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..