भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएका बेला भारतले रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) का अधिकारीहरुलाई काठमाडौँ पठाएको हो । नेपालको सुरक्षा स्रोतका अनुसार रअ का प्रमुख सामन्तकुमार गोयल र इन्टेलिजेन्स ब्यूरो प्रमुख अरबिन्द कुमार शनिबार काठमाडौं आईपुगेको बताइएको छ । उनीहर काठमाडौँ आएको पुष्टि भारतीय सञ्चारमाध्यमले पनि गरिसकेका छन् ।

काकडभिट्टा नाकाबाट सडकमार्ग हुदै काठमाडौं आईपुगेका उनीहरु सुरूमा होटल सोल्टी होटलमा बसेका थिए । त्यसपछि उनीहरु होटल द्वारिकाज, भिभान्ता होटल र होटल मेरियटमा पुगेको खबर पनि आएको छ । होटल सोल्टीको क्वारेन्टाइनमा रहेका नेपाल वायु सेवा निगमका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखेपछि उनीहरु सोल्टीबाट अन्यत्र सरेका हुन् ।

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि काठमाडौँ आएर एक दिन बसेर फर्किएको स्रोतको दाबी छ ।

भारतीय सञ्चारमाध्यम द पायोनियरका अनुसार नेपालले लिम्पीयाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेपछि उत्पन्न दुई देशबीचको विवादमा नेपाललाई भौतिह हस्तक्षेत्र गरेर नियन्त्रण गर्ने प्रयासमा उनीहरु रहेको हुन सक्नेछ । द पायोनियरका अनुसार रअका अधिकारीहरुले सत्तारुढ नेकपा, प्रतिपक्षि काँग्रेस र मधेश केन्द्रित दलका नेतासँग छलफल गरिसकेका छन् ।

२५ असार २०७७, बिहीबार १३:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..