टोलमै पढाइ

बाजुरा २४ आषाढ: कोरोना भाइरसबाट प्रभावित भएको पढाइलाई निरन्तरता दिन बाजुराको बूढिनन्दा नगरपालिकामा टोलमा गएर पढाउन शुरु गरिएको छ ।

नगरपालिका–२ को कोल्टीमा रहेको बूढिनन्दा आधारभूत विद्यालयले टोलमै शिक्षक पठाएर पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक विर्जनबहादुर शाहीले बताउनुभयो । लामो समयको लकडाउनले विद्यालय सञ्चालनमा आउन नसकेका कारण विद्यार्थीको सिकाइमा निरन्तरता दिनका लागि टोल–टोलमा गएर पढाइ शुरु गरेको प्रअ शाहीको भनाइ थियो । असार २ गते सबै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको थियो । कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा १६५ जना विद्यार्थी यो वर्ष भर्ना भएर पाठ्यपुस्तक वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा सात शिक्षक र एक कर्मचारी छन् । सबै आठ जनालाई नै टोलमा परिचालन गरेर पढाइ शुरु गरेको विद्यालयले जनाएको छ । विद्यालय सेवा क्षेत्रभित्रका आठ बस्तीमा पढाइ सञ्चालन गरिएको छ ।

प्रत्येक बस्तीमा एक एक शिक्षक पुगेर सहजीकरण तथा पढाइ शुरु भएको छ । पहिलो चरणमा अभिभावकसहित भेला गराएर अहिले विश्वभरमा फैलिरहेको कोरोना भाइरसपछि विद्यार्थीमा परेको प्रभावका बारेमा सहजीकरण गर्ने गरिएको छ । बालविकास केन्द्रदेखि ५ कक्षा सम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर पढाइ शुरु गरिएको छ । शहरबस्तीमा नै आएर छोराछोरीको अवस्थाका बारेमा जानकारीका साथै टोलमा भएका सबै विद्यार्थीलाई भेला गराएर सहजीकरण गर्ने गरेको अभिभावक मदन रोकायाले बताउनुभयो । पहिलो चरणमा टोलमा अनुगमन तथा विद्यार्थीको अवस्थाको बारेमा जानकारी गर्ने, सिकाइमा सहजीकरण र अप्ठयारोमा सहयोग गर्ने रहेको छ । त्यस्तै कोभिड १९–ले पारेको सङ्कटका बेला निःशुल्क मनोसामाजिक परामर्श दिने गरेको शिक्षकले बताएका छन् । टोलमा पुगेर पढाइसँगै लेखनसीप सम्बन्धी कला, नियमित हात धुने बानीको विकास तथा सरसफाइ, आत्माबल बढाउने सम्बन्धी जानकारी गर्ने रहेको विद्यालयले जनाएको छ । शिक्षक नै टोलमा पुगेर विद्यार्थीलाई टोलमै पढाउने गरको यो बाजुराको पहिलो विद्यालय रहेको छ । ––

२४ असार २०७७, बुधबार १४:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..