गैंडाको खागसहित काठमाडौँबाट चार जना पक्राउ

काठमाडौँ, २४ असार । गैंडाको खागजस्तो देखिने वस्तु बेच्दै गरेको अवस्थामा चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार दिउँसो ललितपुरको टौखेल बस्ने सरोज गुरूङ, नयाँठिमी बस्ने बुद्धि क्षेत्री, सिनामंगल बस्ने पूर्ण परियार र शिखा गिरी बराललाई पक्राउ गरेको हो ।

उनीहरूले सिनामंगलस्थित एक क्याफेमा गैंडाको खाग विक्री गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले खरिद विक्री गर्न लागेको अवस्थामा बुद्धि क्षेत्रीले बोकेको झोला खानतलासी गर्दा गैंडाको खागजस्तो देखिने वस्तु फेला परेको थियो ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि सामानसहित बुधबार डिभिजन वन कार्यालय, हात्तीसारमा पठाएको छ ।

२४ असार २०७७, बुधबार १३:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..