‘विदेशमा बस्ने नेपालीहरु नेपालको राजनीतिक पूर्वाग्रह छोडेर विदेशकै मुलधारमा समाहित हुनुपर्छ’

काठमाडौँ, २२ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नवौं बार्षिक साधारणसभाका अवसरमा आयोजित वेवीनारका वक्ताहरुले नेपाली पहिचान छाडेर नभई पहिचानसहित विदेशकोको मूलधारमा समाहित हुनुपर्ने बताएका छन् । एनआरएनए आईसीसीको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रीगेसन कमिटिको आयोजनामा गरिएको छलफलमा नेपालीहरु जुन देशमा बसोबास गर्दै आएका छन्, त्यो देशको मूलधारमा समाहित हुनेबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा अमेरिकी मुलधारको राजनीतिमा इतिहास रचेका मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले मूलधारमा समाहित हुँदाका चुनौती र त्यसलाई सामना गर्ने उपायहरुबारे सहभागीलाई जानकारी गराएका थिए । अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा एसियन अमेरिकन एण्ड प्यासेफिक आइल्याण्डरका लागि सल्लाहकार आयोगमा सदस्य रहेकी सञ्जिता प्रधानले आफू बसेको र कर तिरेको स्थान नै आफ्नो घर भएकाले त्यहीको मूलधारमा अगाडि बढ्नुपर्ने बताएकी छिन् ।

बेलायतको बर्नेटका मेयरका सल्लाहकार समितिमा सदस्य लक्ष्य गुरुङ, शिकागोको मेयरको सल्लाहकार समितिमा सदस्य बाला घिमिरेले नेपालको हसिया र हथौडा वा चारतारे झण्डा बोकेर नभई नेपालको राजनीतिक पूर्वाग्रह त्यागेर आफू बस्दै आएको देशकै मूलधारमा अगाडि बढ्नुपर्ने बताए ।

एनआरएनए आईसीसीको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रीगेसन कमिटिका चेयर खगेन्द्र जीसीको अध्यक्षतामा र सदस्य सचिव पुरुषोत्तम ढकालले सञ्चालन गरेको छलफलमा एनआरएन आईसीसी महासचिव हेमराज शर्मा, एनआरएनका संस्थापक श्याम कार्की, कमिटिका को–चेयर डाक्टर जगन्नाथ शर्मा, एनआरएन अमेरिकाका उपाध्यक्ष अर्जुन बन्जाडे, एनआरएनए आईसीसीको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रीगेसन कमिटिका कोअर्डिनेटर राजेन थापा, युवा पुस्ताका नेपाली अमेरिकन नेभिन जीसी, संचारकर्मीहरु किशोर पन्थी र शैलेश श्रेष्ठलगायत वक्ताहरु थिए ।

२२ असार २०७७, सोमबार ०८:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..