मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजनाको दन्त्यकथा सकियो’

काठमाडौँ, २१ असार । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको दन्त्यकथा अन्त्य भएको बताएकी छिन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘दुई दशकदेखि अलमलमा रहेको आयोजना अब नयाँ चरणमा प्रवेश गरेको छ, मेलम्ची आउँछ, आउँछ भन्दाभन्दै दन्त्यकथाजस्तै बनेको थियो, अब त्यो पनि अन्त्य भएको छ’ भनिन् ।

आयोजनाले मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झार्न निर्माण गरेको २६ किलोमिटर लामो सुरुङमा आइतबार बिहानबाट पानी हाल्न थालिएको छ । मन्त्री मगरले कोरोनाका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएकाले केही ढिला भए पनि दशकौँदेखिको उपत्यकावासीको प्रतीक्षा र निराशालाई लक्षित गरेर अस्थायी प्रकृतिका संरचना निर्माण गरेर भए पनि सुरुङ परीक्षणको काम अघि बढाइएको बताइन् ।

‘मेलम्चीले थुप्रै उतारचढाव झेल्यो’ उनले भनिन्, ‘अब निराशाहरूको अन्त्य भएको छ, अब मेलम्ची विफल होइन, सफल आयोजना बनेको छ ।’

उनले आगामी वर्षभित्रमा उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने दाबी गरिन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंमा ल्याउन बनाइएको सुरुङमा अहिले परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी पथान्तरण गरिएको आयोजना प्रमुख तिरेशकुमार खत्रीले बताए ।

सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गर्न आगामी वर्षका लागि पाँच अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ ।

२१ असार २०७७, आईतवार १७:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..