दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलमा सहमतिका लागि अझै प्रयास गर्ने सहमति भएको हो ।

दुई अध्यक्षको छलफल सकारात्मक भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखेर, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए । प्रचण्डसँग स्थायी समिति सदस्य एवम् उर्जा मन्त्री वर्षमान पुन र अर्का स्थायी समिति सदस्य जनार्दन शर्मा सहभागी थिए ।

स्रोतका अनुसार जारी विवाद समाधान गर्न विष्णु पौडेल, ईश्वर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको एउटा कार्यदल पनि बनाईएको छ । यद्यपी यसलाई औपचारिकता भने दिइएको छैन ।

दुई अध्यक्षबीच आज पनि छलफलका क्रममा आ आफ्नै अडानलाई लिएर विवाद भएको थियो । दुई अध्यक्षबीच विवाद चर्किन खोजेपछि नेता जनार्दन शर्माले सहमतिको वातावारण बनाएर अघि बढ्न अध्यक्ष द्वयलाई सुझाएका छन् । त्यसपछि दुई अध्यक्ष सोमबार बिहान छलफल गर्न सकारात्मक भएका हुन् ।

सोमबार बिहान ११ बजे नेकपा स्थायी कमिटी बैठक पनि बस्दैछ ।

२१ असार २०७७, आईतवार १५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..