शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित ५ विमान कम्पनीका ६ उडानमार्फत विदेशमा रहेका नेपालीको उद्दार गरिएको हो ।

निगमको जहाजमार्फत कतारको दोहाबाट १४५ जना, हिमालय एयरमार्फत आवुधाबीबाट १४२ र नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट १४७ जनालाई काठमाडौँ ल्याईएको हो । क्वालालम्पूरबाट मालिण्डो एयरमार्फत १७६ जना, दोहाबाटै कतार एयरमार्फत १४० जना र सारजाहबाट एयर अरेबियाको जहाजमार्फत १६७ जनालाई काठमाडौँ ल्याईएको हो ।

आज कतार एयरवेज भने २४८ जना यात्रु र ४ जना बच्चाहरु बोकेर फर्किएको छ ।

चैत्र ११ देखि जारी भएको लकडाउनका कारण नेपालमा रोकिएका विदेशीसहित १२ हजार ४०८ जना यात्रु विदेश प्रस्थान गरेका छन् ।

१९ असार २०७७, शुक्रबार २०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..