बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

मुम्बई: बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।

उहाँले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गर्नुभएको थियो । उहाँ बलिउडमा झण्डै चार दशक सक्रिय हुनुभएको थियो । तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ हुनु भएको थियो । उहाँलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् । “उहाँको गएराती २.३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भन्नुभयो । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उहाँको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

१९ असार २०७७, शुक्रबार १८:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..