बिना धितो ऋण दिने व्यवस्था गर्न माग

काठमाडौँ, १९ असार । राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन्।

“मौद्रिक नीति व्यवसायीमैत्री हुनुपर्छ, कोरोनाले थला परेको व्यवसायलाई सम्बोधन गर्ने खालको नीति आउनुपर्छ”, महासचिव दाहालले भने । कोरोनाले थलिएका व्यापारीलाई मौद्रिक नीतिले उठाउने अपेक्षासमेत व्यवसायीले लिएका छन् । सङ्घले बन्दाबन्दीको समयको बैंक तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न तथा किस्ताको समय थप गर्नुपर्ने बताएको छ ।

व्यवसायीलाई सरकारले पुर्नकर्जाको व्यवस्था मिलाउनको साथै सरल र बिना झण्झट कर्जाको व्यवस्था गर्न सङ्घले आग्रहसमेत गरेको छ । विसं २०६१ मा स्थापना भएको सङ्घले व्यवसायीको हकहितका लागि काम गर्दै आएको छ । उक्त सङ्घमा एक हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

१९ असार २०७७, शुक्रबार ०९:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..