मन्त्रीहरु नपुग्दै मन्त्रिपरिषद् बैठक, द्रुत गतिमा निर्णय

काठमाडौँ, १८ असार । बिहीबारको मन्त्रिपरिषद् सबै मन्त्रीहरु नपुग्दै सकिएको पाईएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा २० मध्ये १३ जना मन्त्रीमात्रै पुग्न भ्याएका थिए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, बन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईसहितका केही मन्त्रीहरु पुग्न नपाउँदै बैठक सकियो । आजको बैठकले संसद अधिवेशन आजैदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट सिफारिस भएको करिब १ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेको सूचना संसद सचिवालयमा आयो ।

नेकपा स्थायी कमिटी बैठक बस्ने समय भइसक्दा पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि गृहमन्त्री बादल र बन मन्त्री बस्नेतलाई बुझ्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएका थिए । तर उनीहरू पुग्नु अघि नै मन्त्रिपरिषद् बैठक सकिएको थियो ।

१८ असार २०७७, बिहीबार १५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..