शरणार्थी मान्यताको आवेदन अस्वीकृत भएमा संघीय अदालत जान नपाइने सर्बोच्चको निर्णय

वाशिंगटन । एसाइलम आवेदन अस्वीकृत भएमा संघीय अदालतमा जान नपाइने अमेरिकाको सर्बोच्च अदालतले निर्णय गरेको छ । सर्वोच्चको यो निर्णयले अब ट्रम्प प्रशासनलाई एसाइलम अस्वीकृत हुनेलाई तीब्र गतिमा देश निकाला गर्न ग्रिन सिग्नल प्राप्त भएको छ ।

अध्यागमन अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएकोदेखि अन्य प्रावधान अनुशार प्रारम्भिक रुपमा एसाइलमका लागि योग्य नभई देशनिकालाको प्रकृयामा रहेका व्यक्ति संघीय अदालतमा जान नपाउने भएका छन् । एकजना श्रीलंकनको मुद्दामा फैसला गर्दै अदालतले यस्तो निर्णय सुनाएको हो ।

ती श्रीलंकनको एसाइलमको क्रेडिबल फियर अन्तरवार्तामा अध्यागमन अधिकारीहरुले उनको एसाइलमको दावी अस्वीकार गरेका थिए । त्यसपछि देशनिकालाको प्रकृयामा गएका ती व्यक्तिको मुद्दा अमेरिकाको सबौच्च अदालतसम्म पुगेको थियो ।

सर्वोच्चको यो निर्णयलाई ट्रम्प प्रशासनको जीतका रुपमा लिइएको छ । ट्रम्प प्रशासनले अमेरिकामा एसाइलममा नाटकीय रुपमा विभिन्न नियम ल्याएर सिमाबन्दी गरिरहेको सन्दर्भमा यो निर्णयले ट्रम्प प्रशासनलाई अझ सहज बनाएको छ ।

यो निर्णयमा सर्वोच्च अदालतका ९ मध्ये ७ जना न्यायाधिसहरुले साथ दिएका छन् । ५ जना रुढीवादी र २ जना प्रगतिशिल न्यायाधिसहरुले यो निर्णयमा साथ दिएका हुन् । यदि संघीय अदालतले अध्यागमन अधिकारी र अध्यागमन न्यायाधिसले लिएका एसाइलमका निर्णयहरुमा पुनरावलोकन गर्न थालेमा तीब्र गतिको देशनिकाला प्रणालीमा भार बन्ने अदालतको निर्णयमा उल्लेख छ ।

हालको नियम अनुशार अमेरिकामा एकसय माइलभित्र पक्राउ परेका र गैरकानुनी रुपमा अमेरिका छिरेको १४ दिनभित्र पक्राउ परेका कागजपत्रविहिनहरु तीब्र गतिको देशनिकालामा पर्नसक्छन् । उनीहरुलाई कुनै अदालती सुनुवाई विना नै देशनिकाला गर्नसकिने प्रावधान रहेको छ ।

१२ असार २०७७, शुक्रबार ०३:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..