फेरी बल्झियो कोरोना संक्रमण, अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

न्युयोर्क, ११ असार (एएफपी) । अमेरिकामा बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार मात्र अमेरिकामा ३६ हजार ३ सय ५८ संक्रमित भेटिए । यो संख्या गत अप्रिल २६ तारिख एकै दिन भेटिएका ३६ हजार २ सय ८५ संक्रमितलाई उछिने पछि अमेरिकामा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य बिज्ञहरुले अमेरिकाको दक्षिण र पश्चिम राज्यहरुले गत मेमोरियल डे पछि राज्यहरुको अर्थतन्त्र क्रमश: खुल्ला गर्दै गएको कारण यति ठुलो संख्यामा संक्रमितहरु बढन थालेको बताएका छन् । अमेरिकाकै उत्तर पूर्वी राज्यहरुमा भने कोरोना संक्रमितको संख्यामा गिरावट आईरहेको राज्यका अधिकारीहरुले बताएका छन् । अनुहारमा मास्क हातमा पंजा र सामाजिक दुरीको पालन गरेका कारण उत्तर पूर्वीय राज्यहरुमा संक्रमण घटेको उनिहरुको दाबी छ ।

बुधाबार न्युयोर्क न्युजर्सी र कनेक्टिकट राज्यका गभर्नरहरुले अमेरिका कै संक्रमितहरु बढ्दै गएका दक्षिण र पश्चिम राज्यहरुबाट भ्रमण गर्ने सबैलाई अनिबार्य २ हप्ताको क्वेरन्टिन गर्नु पर्ने घोषणा गरेका छन् । अमेरिकामा बुधबारसम्म २३ लाख ८० हजार ४ सय ५२ संक्रमित र १ लाख २१ हजार ९ सय ६९ को मृत्‍यु भै सकेको जोन हप्किन्स युनिभर्सिटीको डाटाले जनाएको छ ।

१२ असार २०७७, शुक्रबार ०३:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..