पोर्चुगलमा पोखराका सिद्धान्त गुरुङको निधन

लिस्बन, ११ असार । पोर्तुगलको लिस्बनमा एक युवकको निधन भएको छ । पोखरा घर भएका सिद्धान्त गुरुङको शव बिहिबार भेटिएको प्रहरीले जनाएको छ ।

मृतक गुरुङ १७ जुनका दिन बेलुकी ६:३० बजेदेखि परिवारसँग सम्पर्कविहीन भएका थिए । दुई वर्षदेखि लिस्बनमा बस्दै आएका उनी स्कोला दो कामुइस स्ताफानिया कक्षा ११ मा अध्ययन गर्दै थिए ।

१९ वर्षीय गुरुङ बाबाआमासँगै लिस्बनमा बस्दथे । उनको शव पोष्ट मार्टमका लागि साओ जोजे अस्पताल मार्टिम मुनिजमा राखिएको छ । अदालती प्रकृया पूरा गरेपछि उनको अन्तिम दाह संस्कार लिस्बनमै गरिने बताइएको छ ।

बेखबर भएपछि उनको खोजतलासमा सहयोग गर्ने सबैलाई गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका पूर्व उपाध्यक्ष कमल गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिएका छन् । सन् २०१० देखि पोर्तुगलमा ३७ नेपालीले ज्यान गुमाइसकेका छन् ।

१२ असार २०७७, शुक्रबार ०२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..