लकडाउनकै अवधिमा वैदेशिक रोजगार खुल्दै, बिदामा आएकाहरु पनि जान पाउने

काठमाडौँ, ५ असार । सरकारले लकडाउनकै बीचमा वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जान चाहानेलाई पठाउने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयको सिफारिसमा सीसीएमसीले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । इपिएस मार्फत जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिस अनिवार्य गरिएको छ ।

बैठकले रोजगार गन्तव्य वा रोजगारदाताले खर्च नव्यहोर्नेहरुलाई भने उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

५ असार २०७७, शुक्रबार २०:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

चौतारा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित..

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..