बुहारी सरिता गिरीलाई नेपाल आमाको चिठ्ठी

सानु शाही ठकुरी, महोत्तरी ।

प्यारी बुहारी सरिता
मिठो माया ।

सक्छौ भने एक चोटि सुध्रिने मौका दिनेछु । अहिले म केही हदसम्म खुशी नै छु। किनकी मेरो शरीरको लुटिएको केहि अंश मेरा छोराछोरीले आफ्नो नक्सामा समेटेर नयाँ नक्सा सार्वजनिक गरेका छन् । बुहारी तिमीमा पनि कुबुद्धीको हरण भै सद्बुद्दी पलाओस भनी श्री पशुपतिनाथसँग प्राथना गरेको छु ।

बुहारी २०३७ सालमा मेरो छोराले तिमीलाई बुहारी बनाएर भित्र्याउँदा म खुसी थिए । एउटा बिदेशी चेलीलाई आफ्नो घरमा भित्र्याउन पाउँदा भाग्यमानी महशुस गरेको थिए । ठुलो घरको चेलीबेटीलाई आफ्नो बुहारी बनाउनु पाउँदा बुहारी म कति खुशी थिए ।अब मेरो घरमा सहयोग मिल्नेछ । ठुलो घरमा ठुलै संस्कार सिकेकी हौली । मेरो छोराछोरीले केही गल्ती गरेछन् भने पनि तिमीले सिकाउने छौ, अब हाम्रो घर स्वर्ग हुनेछ । संस्कारी र पढेलेखेको बुहारीबाट घर चलाउन सहयोग मिल्छ भन्न्ने सोचेको थिए, तर बुहारी तिमी त मेरो घरमा आगो लगाएर आफ्नो माइतीलाई न्यानो दिन भित्रिएकि रहिछौ ।

म पनि मान्छु बुहारी तिमीलाई आफ्नो माइतीको माया लाग्नु स्वाभाविक हो । तिमीलाई हामीले आफ्नो माइतीको माया गर्दै नगर भनेको हैन । हरेक कुराको सीमा हुन्छ । तिमीले सीमा पार गर्यौ बुहारी । तिमीमा मातृभाषाको प्रभाव पर्नु, आफ्नो बाबा आमाको माया लाग्नु,ठिक हो । तर हद पार गर्यौ। तिमीले मेरो एउटा छोराको कमजोरीको फाइदा उठायौ । यो नसोच कि एउटा छोरा कमजोर भयो भन्ने बितिक्कै सबै छोराछोरीलाई कमजोर हुँदैनन् ।

तिमीले मेरा छोराछोरीको बलिदानीबाट बचाएको देशमाथि धावा बोल्ने कुनै अधिकार छैन । तिमी मेरो काखमा आउनुभन्दा सयौ वर्ष पहिलेदेखि मेरा छोराछोरीले पानी पनि नखाई युद्ध लडि अत्याधुनिक हातहतियारले भरिपूर्ण भएका अंग्रेज़ सेनालाई परास्त गरेको इतिहासमा तिमीलाई थाहा नहुन पनि सक्छ । मेरा छोरीहरु तिमीजस्तो कमजोर छैनन् पानी पनि नखाइ नालापानीको युद्ध लडेको, बलभद्र र भक्ति थापाको नाम पनि तिमीले सुनेकी नै छौ होला ।नेपालको एकीकरण गर्ने वीर पुरुष पृथ्वीनारायण शाहको बारेमा पनि तिमीलाई थाहा हुनुपर्ने हो । तिमी सक्छौ भने आफ्नो घर जुटाउने काम गर यदि सक्दैनौं भने भत्काउने दुस्साहस नगर । मेरा छोराछोरीले तिम्रो जीउँदै पुत्ला जलाइसके, तिम्रो जिउँदै काजकिरिया पनि गरिसके यो तिमीलाई सुध्रिने सवक सिकाएका हुन् । यति गर्दा पनि सुध्रेनौ भने बुहारी तिमीलाई मेरा छोराछोरीले जिउँदै जलाउन र वास्तविक रूपमा काजकिरिया गर्न बेर लाउने छैनन् । बुहारी म पनि आमा हुँ । तिमीले मलाई आमा नमाने पनि तिमीलाई मैले छोरीलाई दिने जतिकै माया दिएको थिए । तिम्रो यस्तो हालत गरे भने मलाई विश्व समाजले पापिनी सासु रैछे, छोरी र बुहारीमा विभेद गरि भनेर आरोप लगाउलान् । जे सुकै भनुन् भन्नेले बुहारी म आफै दाउमा बसेर तिमीलाई कुनै पनि हालतमा बचाउन सक्दिन ।

तिमीलाई बचाउन खोज्दा मेरा छोराछोरी टुहुरा हुनेछन् । मेरा छोराछोरीको छातीमा वैरीले छुरा रोपेको म कसरी हेर्न सक्छु बुहारी तिमी नै भन ? म आफ्नो छोराछोरीको रक्षाका लागि आफै बलि चढनु परेपनि तयार छु । तिमी यसमा अन्यथा नसम्झ तिम्रो आमाले पनि त्यही गर्छिन नपत्याए इतिहासको पाना पल्टाएर हेर । तिमी सक्छौ भने मेरा छोराछोरीसँग मिलेर अगाडि बढ, यदि सक्दैनौ भने मेरो छोरालाई सदाका लागि छोडेर जान सक्छौ । तिमी आफ्नै घरमा आगो लगाएर आफ्नै बारीको अन्न र आफ्नै भूमिको नुन खाएर माइतीको गल्तीलाई आत्मसात गरि माइतीको गुन गाउदै नहिड । यसले तिमी रानी हैन जीउँदै खरानी हुनेछौ ।

सुनेको छु, तिम्रो पार्टीले पनि तिम्रो नाम मेटि दियो रे अनि संसदबाट पनि हटाउने निर्णय गरे रे । म के गरुँ बुहारी न खुसी हुन सके न दुःखी नै । खुसी हौ बुहारीको प्रगति देख्न नसक्ने छुची सासू भन्लान्, दुखी बनुँ भने आफ्ना छोराछोरीले सहि कदम चालेका छन् । बुहारी मलाई कति दुख दिन्छौ ? मलाई शान्तिपूर्ण रूपमा बाच्न देउ । तिमी कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हैन भन्ने हिम्मत गर्छौ भोलि के थाहा नेपाल मेरो श्रीमानको आमा नै हैन यो त भारत हो पनि भन्न बेर लाउदिनौ । त्यसैले बुहारी तिमीलाई आफ्नै माइतीको बिछट्टै माया लाग्छ भने तिमी मेरो छोराको घर सदाका लागि छोडेर जान सक्छौ ।

थाहा छ मलाई तिम्रो आमा म भन्दा धनी छिन । जतिसुकै धनी भए पनि धन र मन फरक कुरा हुन् । शरीरमा म भन्दा तिम्रो आमा कैयौं गुणा ठुलो भएपनि मनमा म जति ठुली रैनछिन् । २०७२ सालमा ६ महिना नाकाबन्दी लगाइन् । तिम्रो आमालाई थाहा हुनुपर्ने मेरी छोरी पनि छिन त्यहाँ, उसले पनि बाच्नुपर्छ छोरीको घरमा चुल्हो निभ्दा मैले बाली दिनु पर्छ भनेर, यो कुरा सोचिन् त तिम्री आमाले ? तिम्रो आमाले सबैथोक दिनुपर्ने त कहाँ हो र अरु ठाँउ बाट आउने बाटो बन्द गर्न मिल्छ ? तिमीले जस्तै मेरा छोराछोरीले पनि तिम्रो देशमा बसेर तिम्रो आमाको विरुद्ध बोलेका छन ? नेपाल आमाका छोराहरु गोर्खा सेनामा छन उनीहरूले तिमीले जस्तै बोल्दै हिडे भने के हुन्छ ? उनीहरू त झन हातहतियारले सुसंजित छन्, चाहे भने जे पनि गर्न सक्छन् । यो मेरो तिमीलाई धम्कि चाहिँ हैन सजक गराको मात्रै हुँ ।

बुहारी तिमीले जसको नुन खाएकी छौ, अनि जुन धर्तीमा पाइला टेकेकी छौ त्यसको विरुद्ध बोल्न कत्तिको उपयुक्त छ ? आफै सोच । नेपालीमा उखान छ नि, ‘जुन थालमा खायो त्याही छेड’ यस्तै मूर्ख मानवका लागि उपयुक्त रैछ यो ।

मेरी छोरी मनिषाले तिम्रो देशमा आफ्नो कला बेचेकी थिइन् । आफ्नो जन्मभूमिको बारेमा सही वकालत गरिन्, अनि तिम्रो आमाले धम्की दिइन अनि आइन् मेरि छोरी । तिमी त झन गलतलाई साथ दिइरहेकि छौ । तिमीलाई यहाँ बस्न मन छैन भने मेरो घर छोडेर अनि मेरो छोरासँग नाता तोडेर जान सक्छौ । तर मेरै नुन खाएर माइतीको गुन गाएर दलालको भूमिकामा बस्न तिमीले पाउने छैनौ ।

अन्तमा बुहारी धेरै के भनौ, सक्छौ भने तिमीले म र मेरो छोराछोरीको अगाडि माफी माग्यौ भने अझै पनि एक पटक म माफी दिनेछु । हैन भने म तिमीलाई कुनै पनि हालतमा संरक्षण दिन सक्दिन । बाकी तिम्रो जिम्मा ।
उहीँ तिम्री सासू
नेपाल आमा ।

२ असार २०७७, मंगलवार १६:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..