लकडाउनमा बढ्दो आत्महत्या

कोरोनाको बिश्वब्यापी महामारीको चपेटामा नेपाल नहुने कुरै भएन । २०७६ चैत्र ११ बाट निरन्तर लकडाउनको अवधी थप हुदै हुदै २०७७ जेठ ३२ गतेसम्म लकडाउनको अवधी थप गरिएको छ।लकडाउन लम्बिँदै जाँदाको अवस्थामा आत्महत्याका घटनाहरु पनि उल्लेख्य रुपमा बढ्दै गएको देखिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को सुरुवाती आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए भने लकडाउनको सुरुवातीमा अर्थात ४५ दिनमा आत्महत्या दर दैनिक १६ जना हुदै त्यसपछिका दिनमा दैनिक औसत १७ जनाका दरले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ । कारणहरु स्पष्ट नभएपनि नेपालमा आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ। गत वर्ष (आर्थिक वर्ष) देशभर पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए। यो दैनिक औसत करिब १६ (१५.५६) जना हुन आउँछ।यस बर्ष यानेकी लकडाउन सुरु भएको ७५ दिनसमम्ममा नेपालमा १ हजार २ सय २७ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ। यसलाई कोरोना महामारीले निम्त्याएको संकटसँग जोडेर हेर्ने गरिएको छ।

लकडाउनको अवधीमा आत्महत्या पनि दिनानुदिन बढेको तथ्यलाई लकडाउनको अवधिमा ९६३ वटा मुद्दा दर्ता हुनुले पुष्टी गरेको छ। झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी ८४१ रहेको देखिएको छ । यस्तै विष खाएर आत्महत्या गर्नेको संख्या १२२ रहेको पाईएको छ । प्रहरीको तथ्याङ्क अनुसार ४९९ पुरुष,३५३ महिला, ४४ बालक र ८६ बालिकाले आत्महत्या गरेका छन् ।काठमाडौँ उपत्यकामा मात्र ४६ जनाले आत्महत्या गरेका छन् । २१ पुरुष, २२ महिला, एक बालक र दुई बालिका गरी ४६ जनाले आत्महत्या गरेको पाईएको छ । ६२ वटा आत्महत्याका घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनको कसुरमा मुद्धा चलाएको थियो। कसैले आत्महत्या गर्नुको कारणमा कोही मान्छे स्पष्ट कारण देखिन्छ भने त्यस्ता घटनामा आत्महत्या दुरुत्साहन कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाइन्छ। प्रहरी अधिकारीहरु आत्महत्याको दर विगतकै स्थितीमा रहेको भन्दै यसमा कोरोना महामारी र यसको असरको सम्बन्ध निकै न्युन भएको बताउँछन्।

लकडाउनमा अवधिमा आत्म हत्याका घटनाहरु अन्य जिल्लाहरुमा बृद्धि भएको छन आत्म हत्या बढ्नुका पछाडी सामाजिक,परिवारिक र सास्कृतिक कारणहरुका रहेका छन् । लकडाउन अवधिमा मानिसहरु घरमै रहने, कामकाज नहुने र विभिन्न मानसिक कुन्ठाहरु उत्पन्न भएर आत्महत्याका घटना बढेको हुनसक्छ । आत्महत्या गर्नेको उमेरलाई आधार मान्ने हो भने सवै युवा अवस्थाका छन युवा अवस्थाका व्यक्तिहरु बढी समाजिक संजालमा सक्रिय रहने र सामाजिक संजालको दुरुपयोग भएर पनि आत्महत्याका घटनाहरु बृद्धि भएको पाईएको छ।

लकडाउनको अवधिमा राम्रो काममा भन्दा पनि मान्छेको ध्यान नकारात्मकतामा गएको कारण आत्महत्या गर्नेको संख्या पनि बढेको मनोविश्लेषकहरु बताउँछन्। तनावले मान्छेलाई आपराधिक काम गर्न प्रेरित गर्ने हुनाले आत्महत्या हुने गरेको देखिएको छ । जब मानिसको मानसपटलबाट सकारात्मक सोच हराउँछ र नकारात्मक सोचले जरा गाड्छ र जीवनदेखि हार खाएको महसुस गर्दै मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नु भन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् ।आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहने हुन्छ।

लकडाउन लामो समयसम्म निरन्तर चलिरहेका बेला र कहिलेसम्म चल्छ भन्ने अन्योल बढिरहेका बेला बेरोजगारीका कारण मानिसहरु चरम आर्थिक संकटमा पर्दै गएका छन्।यसले मानसिक समस्या निम्त्याउन सक्ने भन्दै सरोकारवालले ध्यानाकर्षण गर्दै आएका छन्। सरकारले दैनिक ज्यालादारी र मजदुरका लागि सामान्य राहतको प्याकेज ल्याएपनि अन्य वर्गका लागि मौन छ।

लेखक अधिवक्ता हुनुहुन्छ ।

२७ जेष्ठ २०७७, मंगलवार २३:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँको शव..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..