कोरोना महामारी रहेसम्म प्रत्येक अमेरिकीलाई मासिक २ हजार डलर दिने प्रस्ताव संसदमा

अमेरिका, ४ बैशाख । दुई अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभले कोरोना भाइरस संक्रमण अन्त्य नहुन्जेलसम्मका लागि प्रत्येक अमेरिकीलाई मासिक दुई हजार डलरको आर्थिक सहायता दिने प्रस्ताव संसदमा अघि सारेका छन् । डेमोक्रेटिक सभासदहरु टिम रायन र रो खन्नाले ‘इमर्जिन्सी मनी फर द पिपल एक्ट’ संसदमा प्रस्तुत गर्दै उक्त प्रस्ताव अघि सारेका हुन् ।

पार्टी भित्र रायन मध्यमार्गी र खन्ना सुधारवादी धारको राजनीतिकर्मीको रुपमा चिनिन्छन् । चालु डेमोक्रेटिक राष्ट्रपतिय होडमा रायन पनि उम्मेद्वार बनेका थिए भने खन्ना सिनेटर बर्नी स्यान्डर्सको टिममा थिए । उनीहरुले मंगलबार दर्ता गराएको नयाँ प्रस्ताव अनुसार १६ बर्ष उमेर पुगेका एवं बार्षिक एक लाख ३० हजारभन्दा थोरै कमाउने सबै अमेरिकीले कम्तिमा छ महिनासम्म मासिक दुई हजार डलर पाउनेछन् । कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई निरन्तर राहत दिन यो प्रस्ताव ल्याएको उनीहरुको भनाइ छ । उनीहरुको यो विधेयकलाई १७ जना डेमोक्रेटिक सभासदले समर्थन गरेका छन् ।

तन्नेरी उमेर पुगेकालाई दुई हजारका अलावा बालबालीकालाई मासिक पाँच सय डलर उपलब्ध गराउने प्रस्ताव पनि विधेयकमा छ । यो रकम संघीय सरकारले सिधै अमेरिकीको खातामा, चेक वा मोवाइल डिपोजिट मार्फत पठाउन प्रस्ताव गरिएको छ । ‘दशौँ लाख अमेरिकीले केही सातामै वेरोजगारी दर्ता गराएका छन्, सभासद् रायनले भनेका छन् ‘उनीहरुलाई सहायता पुर्याउन हामीले तत्काल कदम चाल्नु पर्ने हुन्छ र त्यो भनेको उनीहरुको हातमा नगद उपलब्ध गराउनु नै हो ।’

दुई साता अघि पारित भएको ‘केयर एक्ट’ अनुसार अमेरिकी सरकारले एक पटकका लागि प्रत्येक वयश्क अमेरिकी करदातालाई १२ सय डलर उपलब्ध गराउन थालेको केही दिनमै यो प्रस्ताव अघि सारिएको हो । १२ सय राहतले यो संकटसँग जुध्न पर्याप्त नहुने तथ्यप्रति सजग रहँदै आफुहरुले नयाँ प्रस्ताव अघि सारेको सभासद खन्नाको भनाइ छ । अमेरिकमा पछिल्ला तीन सातामा दुई करोड बढिले रोजगारी गुमाएको रिपोर्ट गरि सकेका छन् ।

४ बैशाख २०७७, बिहीबार ११:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

चौतारा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित..

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..