एनआरएनएद्धारा ३ हजार जनालाई राहत वितरण

अष्ट्रेलिया, ४ बैशाख । कोरोना भाइरसको महामारीबाट प्रभावित देशहरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राहत वितरण कार्यलाई तीब्रता दिएको छ । समस्यामा परेका बिद्यार्थीहरु, काम गुमाएका नेपालीहरुलाई लक्षित गर्दै संघले राहत बितरणलाई तीब्रता दिएको हो । कतिपय मुलुकहरुमा प्रभावित परिवारका सदस्यहरुलाई खाद्य सामग्री पुर्याएर संघले सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष तथा ‘कोभिड १९’ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार डेढ दर्जनभन्दा बढी राष्ट्रिय समन्वय परिषदहरु राहत वितरणमा सक्रिय छन् । अध्यक्ष पन्तले भने, ‘यो बेला भनेको एकले अर्कोलाई सहयोग गर्ने बेला हो। मलाई आशा छ ८० भन्दा बढी शाखाहरुका साथीहरुनै सहयोगी अभियानमा लाग्नुहुनेछ । तत्कालका लागि न्युनतम आबश्यकता पुरा गर्न एकले अर्कोलाई सहयोग गर्नु नै अहिलेको प्राथमिकता हो ।’

एनआरएनए अष्ट्रेलियाले ३ सय ९० जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ । संघका महासचिव ज्ञानेन्द्र रेग्मीका अनुसार दाल, चामल, चिनी लगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरु खरिदमा संघले २० हजार डलर खर्च गरिसकेको छ । “१ हजार १ सय भन्दा बढी नेपालीहरुले फाराम भरेर राहतको माग गर्नुभएको छ । हामीले ५० हजार डलरको राहत कोष बनाएर राहत बितरणलाई तिब्र पार्दै छौ” महाचिव रेग्मीले भने ।

अष्ट्रेलियास्थित पत्रकार हेमन्त काफ्लेका अनुसार एनआरएनएको राहत बितरण कार्य निकै प्रभावकारी बनेको छ । कामकाज ठप्प भएपछि विद्याथीहरुलाई एनआरएनको राहत प्याकेजले ठुलो सहयोग मिलेको काफ्लेको भनाई छ ।

४ बैशाख २०७७, बिहीबार ११:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

चौतारा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित..

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । खड्कालाई शुक्रबार..

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण महाबै गाँउपालिका वडा..

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौं । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण..

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार..