बागमती नामको विरोधमा प्रदेश हड्तालको घोषणा

काठमाडौँ, २७ पौष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समितिले प्रदेशको नाम बागमती राखिएकोमा असहमति जनाउदै प्रदेशभर हड्तालको आह्वान गरेको छ । समितिले प्रदेशसभा र सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णयको विरुद्धमा पुष २८ गते प्रदेश नम्बर ३ मा यातायात, शैक्षिक संस्था, उद्योग–कलकारखानासहित प्रदेशव्यापी हड्तालको घोषणा गरेको छ ।

समितिले देशभक्त जनसांस्कृतिक आन्दोलन सञ्चालन गरि नेवा–ताम्सालिङका विरोधीहरुलाई जनकारबाहीको पनि कार्यक्रम पनि समितिले सार्वजनिक गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं. ३ को नामाकरण नेवा–ताम्सालिङ गरियोस् भनी प्रदेश सरकारका अधिकारी समक्ष ज्ञापन गरिएको हो । त्यस विपरीत सत्ताधारी डबल नेकपाको गोर्खाली अन्धराष्ट्रवादी बहुमतले नेवा–ताम्सालिङको ऐतिहासिक तथा सामुदायिक पहिचान कुल्चेर कथित बाग्मती नामाकरण थोपरेकोमा खेद प्रकट गर्दै नेकपा (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समिति उक्त फोहर बाग्मती नामाकरण खारेज गर्दछ ।’

२७ पुष २०७६, आईतवार १७:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..