काँग्रेसले भन्यो, ‘सरकार संसदप्रति जिम्मेवार देखिएन’

काठमाडौँ, २७ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारुढ दलले संसदलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको छ । आफ्नो पार्टीभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गर्नु गलत भएको काँग्रेसको प्रतिक्रिया छ ।

काँग्रेसले पटक पटक संसद बैठक स्थगित गरिनु सरकार र सत्तारूढ दल संसदप्रति जिम्मेवार नरहेको निष्कर्ष निकालेको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ‘ भनिएको छ ।

नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने सहमति नजुट्दा पुस ४ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन एउटा बैठक बसेपछि हालसम्म स्थथित हुँदै आएको छ ।

२७ पुष २०७६, आईतवार १४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..