यतीले बनाउँदै गरेको भवनको काम रोक्न उच्च अदालतको आदेश

काठमाडौँ, २५ पौष । यती समूहले दरबारमार्गस्थित बनाउँदै गरेको भवनको काम रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । उच्च अदालतमा नेपाल ट्रस्टले यती समूहसँग गरेको सम्झौतामा त्रुटि रहेको भन्दै दायर भएको रिटमा मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश सुनाएको हो ।

नेपाल ट्रस्टले मिति २०७३ फागुन १८ मा थामसेर्कु ट्रेकिङ प्रा.लि.लाई ६ अर्ब ४५ करोड ३७ हजार ९९४ रुपैयाँमा सम्झौता गर्न आउनु भनी पत्राचार गरेकोमा २०७४ बैशाख ६ मा पुनः अर्को पत्र पठाई एक अर्ब ५९ करोड २० लाख ९१ हजार ७०१ रुपैयाँ एकतीस पैसामा सम्झौता गर्न आउनु भन्नु प्रथम दृष्टिमा नै सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को व्यवस्था प्रतिकुल देखिएको अदालतको ठहर छ ।

अदालतले यो सम्झौता यथास्थितिमा राख्न र सम्झौताअनुसारको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई माघ १ गते छलफलका लागि बोलाएको छ । नेपाल ट्रष्टले ४ लाख १६ हजार ६ सय रुपैयाँमा मासिक भाडामा एक रोपनी १४ आना जग्गा ३० वर्षका लागि थामसेर्कु ट्रेकिङलाई दिएको थियो । यसले राज्यलाई पाँच अर्ब नोक्सान भएको भनी अधिवक्ता परिवर्तन राईले पाटन उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

२५ पुष २०७६, शुक्रबार १७:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..