राष्ट्रिय सभाका उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान

काठमाडौँ, २५ पौष । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको छ । नामावली प्रकाशनसँगै आयोगले निवार्चन चिन्ह समेत प्रदान गरेको छ ।

आयोगले प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुर, प्रदेश नम्बर ३ को ललितपुरको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचनमा नेकपाका १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदुर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी जम्मा ४५ जना उम्मेदवार मैदानमा छन् । उनीहरूलाई आयोगले जुन पार्टीको उम्मेद्वार हो सोही पार्टीको निर्वाचन चिन्ह प्रदान गरेको छ ।

२५ पुष २०७६, शुक्रबार १७:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..