प्रचण्ड पत्नी सीतालाई उपचारका लागि रामदेवको आश्रममा लगियो

काठमाडौँ, ४ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि बाबा रामदेवको आश्रममा लगिएको छ । लामो समयदेखि अस्वस्थ उनलाई आयुर्वेदिक पद्धतिमार्फत उपचार गर्न भारतको हरिसिद्धिस्थित बाबा रामदेवको आश्रममा लगिएको हो ।

सीताकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत उपचारका लागि रामदेवको आश्रममा लगिएको जानकारी गराएकी छिन् । उनको यसअघि अमेरिका लगायतका देशमा उपचार गराइए पनि निको नभएपछि आयुर्वेदिक पद्धतिबाट उपचार गर्न रामदेवको आश्रम लगिएको हो । सीताको साथमा छोरी गंगा र नेकपा नेता मातृका यादव र उनकी पत्नी छन् ।

४ पुष २०७६, शुक्रबार १७:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..