न्यायपरिषद् सदस्यलाई न्यायधिश नबनाउन नेपाल बारको चेतावनी

काठमाडौँ, २० मंसिर । नेपाल बार एशोसियसनले न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सदस्यलाई नै सर्वोच्च अदालतको न्यायाधीश नबनाउन माग गरेको छ । कानूनमन्त्री र न्यापरिषद सदस्यहरुको ध्यानाकर्षण गराउँदै बारले न्यायधिश नियुक्त गर्ने सदस्य नै न्यायधिश बन्ने कुरा स्वीकार्य नरहेको बताएको हो ।

कानूनमन्त्री उपेन्द्र यादव र परिषदमा बारका प्रतिनिधि रामप्रसाद सिटौलालाई भेटेरै बारले न्यायाधीश नियुक्ति गर्ने व्यक्ति आफैं न्यायाधीश बन्ने कुरा स्वीकार्य नहुने चेतावनी दिएको हो । महासचिव लिलामणी पौडेल र कोषाध्यक्ष रुद्र पोखरेल सहितको टोलीले बारको निर्देशन विपरित गएमा अर्को कदम चाल्ने चेतावनी समेत दिएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश हुनेगरि परिषद सदस्य पदमप्रसाद वैदिकले बिहीबार राष्ट्रपति समक्ष राजिनामा दिएका थिए । बिहीबार नै न्यायपरिषद बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्ताव राखे पनि यादव र अर्का बरिष्ठ न्यायाधीश दिपक कार्कीको असहमतिका कारण निर्णय हुन भने बाँकी छ ।

परिषदको अर्को बैठक मंसिर २५ गते बस्दैछ ।

२० मंसिर २०७६, शुक्रबार १७:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..