प्रदेश २ मा प्लाष्टिक प्रयोग गर्न नपाइने

जनकपुर, २० मंसिर । प्रदेश नं. २ मा प्लाष्टिकको झोलाको प्रयोग निषेध गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयलाई प्लाष्टिक प्रयोग मुक्त क्षेत्र बनाउन सचिवस्तरीय निर्णयबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मधेश भवनमा प्लाष्टिकजन्य झोला, ब्याग, ग्लास र प्लेटमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्लाष्टिकको प्रयोगले वातावरण र सौन्दर्यतामा नकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रयोगमा प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ ।

जनकपुर चुरोट कारखाना परिसरमा मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख कार्यालय, पाँच वटा अन्य मन्त्रालय, नीति आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालयसहित मन्त्रीहरुको आवास र अन्य अधिकारीको आवास क्षेत्र रहेको छ । प्लाष्टिकको प्रयोगले शहरको सौन्दर्य बिगार्ने, दुर्गन्ध बढाउने, नकुहिने र यसले वातावरण तथा कृषि उत्पादनमा पनि नकारात्मक असर पार्ने गरेकोले मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

नेपालभर वर्षमा ५६ लाख प्लाष्टिकको फोहर उत्पादन गर्ने कामकाज भए पनि यसको सङ्कलन तथा प्रशोधन कमै हुने गरेका कारणले अत्यधिक मात्रामा वातावरणमा असर पारिरहेको छ भने यसले मानवको स्वास्थ्यमा पनि नकारात्मक असर गर्दै आएको छ ।

२० मंसिर २०७६, शुक्रबार ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..