भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा इराकमा २५ जना मारिए

एजेन्सी, १३ मंसिर । इराकमा भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा २५ जनाको मृत्यु भएको छ । इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई पदबाटसमेत बर्खास्तका लागि सिफारिस गरेका छन् । बर्खास्त गरिएका कमाण्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको थियो ।

इराकी सेनाक प्रमुखसमेत रहेका प्रधानमन्त्री अब्देल मेहदीले बर्खास्तमा परेका जमिल सुमारीलाई नासिरियामा पठाउँदै दक्षिणी इराकका शहरी इलाकामा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए ।

इराकी राज्य धिकारको राजधानी नासिरिया प्रवेश गर्ने तीन पुल प्रदर्शनकारीले कब्जामा लिएपछि सुरक्षाकर्मीसँग भएका झडपका क्रममा नासिरियामा एकै दिनमा २५ जनाको मृत्यु भएको हो । घटनामा १०० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि सैनिक हस्तक्षेप गर्दै तत्कालिन शासक सद्दाम हुसेनलाई अपदस्त गरेपछि राजधानी बग्दाद र दक्षिणमा विरोध र आन्दोलनमार्फत इराकी जनताले उनीहरूको सरकार र इरानस्थित त्यसका सहयोगीहरूविरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

१३ मंसिर २०७६, शुक्रबार ०८:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..