पप्पु कन्सट्रक्सनलनई कालोसूचीमा राख्न सिफारिस

काठमाडौँ, ११ मंसिर । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निलम्बित सांसद हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क ब्रिज सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेको छ । आयोजनाले पप्पुलाई कालोसूचीमा राख्न समेत सिफारिस गरेको छ ।

पप्पुले तिनकुनेस्थित निर्माणाधीन आर्क ब्रिज अलपत्र पारेको भन्दै आयोजनाले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।

आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठका अनुसार ठेकेदार कम्पनीले मोबिलाइजेसन रकम लिनको लागि राखेको एडभान्स पेमेन्टबापतको दुई करोड७७ लाख रुपैयाँ धरौटी जफत गरिएको छ ।

ठेक्का सम्झौताअनुसार २९.५ मिटर गहिराइको पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो । ठेकेदार कम्पनीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । दुईवटा पाइल क्र्याक भएको प्राविधिक परीक्षणमा भेटिएको छ । पप्पुले तीनकुनेको आर्क पुल २०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने लक्ष्सहित २०७१ पुस ९ गते सम्झौता गरेको थियो ।

११ मंसिर २०७६, बुधबार ०९:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..