लुम्बिनी न्यूज फेस्टिबलः रेडियोका श्रोता घटे, दैनिक पत्रिकालाई कुपोषण लाग्यो

रुपन्देही, २ मंसिर । लुम्बिनीमा नेपालकै पहिलो ‘लुम्बिनी न्यूज फेस्टिबल–२०७६’ सुरु भएको छ । ‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको आयोजनामा आइतबारदेखि सुरु भएको फेस्टिवलको उद्धघाटन प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले गरे ।

उदघाटनमा बोल्दै मुख्यमन्त्री पोखरेलले कमजोर राज्यले बलिया र सक्षम नागरिक तयार गर्न नसक्ने भन्दै राज्यलाई बलियो बनाउनुपर्ने बताए । ‘नागरिक सबल र सक्षम हुनैपर्छ, जबसम्म राष्ट्र कमजोर रहन्छ, नागरिकहरु कमजोर रहन्छन्, राज्यलाई बलियो बनाउन सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुन्छ’ उनले भने ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको अबको मिसन शान्ति र समृद्धि भएको बताए । लुम्बिनी न्युज फेस्टिभलको पहिलो सत्रमा बोल्ने वक्ताहरुले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनीहरुले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको बताएका छन् ।

आइतवार फेस्टिभल उद्धघाटन पुर्व भएकोे सत्रमा ‘पत्रकारिताः चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । उक्त सत्रमा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, वरिष्ठ पत्रकार मोहन मैनाली र नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसाल मुख्य वक्ता र कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारी सहकर्ताको रुपमा रहेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले खासगरी अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका बारेमा काउन्सीलमा उजुरी आएको बताए । उनले पत्रकारिता हतारमा गर्न नहुने बताए । ‘हुबहु÷कपिपेष्ट पत्रकारिताले सञ्चार क्षेत्रका मुख्य समस्या हुन खोजमूलक पत्रकारिताको आवश्यकता छ’ उनले भने ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताए । उनले पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समेत समस्या आएको बताए ।

खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराहरु सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने बताए । उनले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी सरकारलाई प्रश्न गर्नुपर्ने बताए । उनले भने, ‘परम्परागत मिडियाको शैलीका कारण रेडियोका श्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा लागेकाले पत्रकारितामा चुनौती बढेको छ ।’

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरु दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दावी गरे ।

वरिष्ठ पत्रकार मोहन मैनालीले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताए । नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसालले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताइन ।

२ मंसिर २०७६, सोमबार १०:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..