श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी नेता राजापाक्षे निर्वाचित

रासस, १ मंसिर । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दल उम्मेद्वार एवम् पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । १० बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले कुल मतको ५३ प्रतिशत मत प्राप्त गरेका छन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई पराजित गरेका उनी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।

सन् २००९ मा गृहयुद्ध अन्त्यपछि भएको यो तेस्रो निर्वाचन हो ।

१ मंसिर २०७६, आईतवार १३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..