सुरुको मूल्यमा ४४ प्रतिशत घटाएर फेरि बोइङ विक्रिको सूचना

निरोज कुमार थापा, काठमाडौँ, २७ कार्तिक । नेपाल एयरलाइन्सले बोइङ जहाज विक्री गर्न फेरि सूचना निकालेको छ । एयरलाइन्सले बोइङ किन्न इच्छुकलाई १५ दिनभित्र प्रस्ताव पेश गर्न गर्न आह्वान गर्दै तेस्रो पटक सूचना जारी गरेको हो ।

२७ वर्ष पुरानो १९० सिटे बोइङको मूल्यमा एनएसीले झण्डै आधा नै कमी गरेको छ । एनएसीले गत असारमा बोइङको मूल्यांकन गरी विश्वव्यापी टेन्डर आह्वान गरेको थियो । तर किन्न कोही पनि आएपछि नेपाल एयरलाइन्सले असोजमा अर्को टेन्डर आह्वान गरेको थियो ।

तर उक्त टेन्डरमा पनि उपर्युक्त प्रस्ताव नआएपछि एनएसीले तेस्रो पटक सूचना निकालेको हो । एयरलाइन्सले अहिले जारी गरेको टेन्डर आह्वान सम्बिन्ध सूचनामा बोइङको मूल्य ४८ करोड ७२ लाख नेपाली रुपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकिएको छ ।

नेपाल एयरलाइन्सले यही बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर राखेर २ टेन्डर आह्वान गरेको थियो । तर यसपटक भने सुरुवाती मूल्यभन्दा ४४ प्रतिशत कम गरेर टेन्डर आह्वान गरको छ ।

२७ कार्तिक २०७६, बुधबार १४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..