सुजिता बस्नेतको शिरमा मिस मेरिल्याण्ड युएसए सेकेण्ड रनर अपको ताज

मेरिल्याण्ड । मिस युएससएको फ्रेन्चाइजमा पहिलो पटक नेपाली मुलकी युवतीले उच्च तहको टाइटल जितेकी छिन् । नेपाली अमेरिकन सुजिता बस्नेतले मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको टाइटलमात्र जितिनन्, पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।

पहिलो मिस नेपाल अमेरिका सुजिता बस्नेतले अमेरिकी प्रतियोगिता मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको ताज पहिरिन सफल भएकी हुन् । मिस मेरिल्याण्ड युएसए सन् १९५२ देखि हरेक बर्ष आयोजना हुँदै आएको छ ।

यही प्रतियोगिताकी विजेता नाना मेरिवेदर सन् २०१२ मा मिस युएसए भएकी थिइन् । ओलिभिया कल्पोले सुरुमा मिस युएसए जीतेपनि पछि मिस युनिभर्सको टाइटल जितेपछि फस्ट रनर अप मेरिवेदरलाई मिस युएसए घोषणा गरिएको थियो ।

मिस युएसएका लागि प्रतिस्पर्धी छनौट गर्नका लागि मिस मेरिल्याण्ड युएसएको आयोजना गरिदै आएको छ । जसमा यसपटक सुताजा र अरु ९५ जना अमेरिकन युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । सबैलाई पछि पारेर सुजिताले पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।

सुजिताले सन् २०११ मा पहिलो मिस नेपाल युएससए जितेकी थिइन् । पहिलो मिस नेपाल युएसएले मिस मेरिल्याण्ड युएससएमा सेकण्ड रनर अप र पब्लिक च्वाइस अवार्ड जित्न सफल भएकोमा मिस नेपाल युएसएका सीईओ तथा संस्थापक अमित शाहले बधाई दिएका छन् ।

२६ कार्तिक २०७६, मंगलवार ०२:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..