दार्चुलाको नौगाड गाउँपालिकाले भन्यो, ‘बाह्रै महिना नेपाली सेना चाहियो’

दार्चुला, २४ कार्तिक । दार्चुलाको नौगाड गाउँपालिकाले भारतले कब्जा गरेको लिपुलेक क्षेत्रको रक्षाका लागि बाह्रै महिना नेपाली सेना पठाउन सरकारसँग माग गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा राखेपछि गाउँपालिकाले आपत्ति जनाउँदै सीमा सुरक्षामा बाह्रै महिना नेपाली सेना पठाउन केन्द्र सरकारसँग माग गरेको हो ।

गाउँपालिकाले नेपाली भूमी कब्जा गरेर बसेका भारतीय सेनालाई सधैँका लागि हटाउन कुटनीतिक पहल गर्न पनि माग गरेको छ । अध्यक्ष प्रेमसिंह धामीले जारी गरेको विज्ञप्तिमा ‘भारतले अतिक्रमण गर्दा विवादमा रहेको भूमि तथा राष्ट्रिय स्वाधिनता रक्षा र संरक्षणका लागि नेपाल सरकारबाट तत्काल कुटनीतिक पहल चाल्न माग गर्दछौँ’ भनिएको छ ।

२४ कार्तिक २०७६, आईतवार १२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

सुन तस्करीमा संलग्न इल्ताफ हुसेन पक्राउ

काठमाडौं । काठमाडौंमा भएको सुन तस्करी घटनामा फरार एकजना बाराबाट पक्राउ परेका छन् । साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’..

महोत्तरीमा थप ४३ जनामा कोरोना संक्रमण

महोत्तरी । महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार..

पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

काठमाडौं । तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकका सहायक–सम्पादक..

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..